काठमाडौँ। कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन्। जारी शृंखलामा लयमा रहेका एकमात्र ब्याट्सम्यान रोहित हुन्।
वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरे।
दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपे। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरे।
तर, तेस्रो खेलमा भने मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनलाई आराम दिएका थिए।