काठमाडौँ। ओपनर आशिफ शेखले विकेट गुमाएका छन्। वेस्ट इन्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो ओभरको २ बलमै ओपनर शेखलाई गुमाएको हो।
म्याथ्यू फोर्डको २ बल खेलेका उनले शेखले खाता खोल्न सकेनन्। उनी बोल्ड भए। शुरूआती ३ खेलमा उनको स्थान अनिलकुमार साहले लिएका थिए। तर, अनिलले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्।
६.६६ को औसत र ८३.३३ को स्ट्राइक रेटमा अनिलले २० रन मात्रै बनाए। पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी फोर्डको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्ने क्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
तेस्रो खेलमा १० बल खेलेकका अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किएका थिए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्।