काठमाडौँ। मनोहरा युनाइटेडले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा आइतबार सम्पन्न खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी सागाँलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
मनोहराको जितमा उत्तम शाही, विश्रान्त मगर र आविष्कार खड्काले १/१ गोल गरे। यता, साँगाका स्यामुयल सुनार र विकास पराजुलीले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै मनोहराले २ खेलबाट ३ अंक जोडेको छ। यस्तै, पराजित साँगाको २ खेलबाट ३ अंक रहेको छ।