काठमाडौँ। कोशी प्रदेश हेटौँडामा जारी अन्तरप्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो।
खेलमा कोशी प्रदेशका निखिल तामाङ र आभिषेक बिकले १–१ गोल गरेका हुन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका कोशी प्रदेशका कमल खवास म्यान अफ द म्याच घोषित भए।
बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो।