काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तेस्रो विकेटको रूपमा मार्क डेयालाई सागर ढकालले रोहितकुमार पौडेलबाट क्याच आउट गराएका हुन्। १९ बल खेलका उनले ११ रन बनाए।
त्यसअघि सागरले जोनसन चार्ल्स कट एन्ड बोल्ड गरेका थिए। २० बलमा २ चौका र २ छक्का प्रहार गरेका उनले २४ रन बनाए। सागरले नै कादिम एलिनेलाई पनि आउट गराएका थिए।
उनले ६ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाएर खेलिरहेका कादिमलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराएका थिए।