काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे ।
साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा लिड्सका प्याट्रिक बाम्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन । उनले बाहिर प्रहार गरे ।
यस जितसँगै आर्सनलले १० खेलमा २७ अंक जोडेको छ ।
आर्सनल शीर्ष स्थानमा कायम रहेको छ ।
लिड्स ९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।