काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाहले निर्णायक गोल गरे ।
सलाहले खेलको ७६ औं मिनेटमा काउन्टरमा गोल गरेका हुन् ।
त्यसअघि सिटीका फिल फोडेनले ५३ औं मिनेटमा गरेको गोलले मान्यता पाएन ।
गोलअघिको फाउलको कारण फोडेनको गोलले मान्यता नपाएको हो ।
यस्तै ८६ औं मिनेटमा लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले रातो कार्ड पाएका थिए ।
यस जितसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ ।
लिभरपुल आठौं स्थानमा रहेको छ ।
सिटी १०खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।