काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा डुसन भ्लाहोभिचले निर्णायक गोल गरे ।
उनले खेलको ७४ औं मिनेटमा निर्णायक गोल गरे ।
यस जितसँगै युभेन्ट्सले १० खेलमा १६ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा रहेको छ ।
टोरिनो ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।