काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केन र पिएरे इमिलले एक एक गोल गरे ।
खेलको ५९ औं मिनेटमा केनले पेनाल्टीबाट गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
जितसँगै टोटेनहमले १० खेलमा २३ अंक जोडेको छ ।
टोटेनहम तेस्रो स्थानमा रहेको छ ।
एभर्टन १० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।