काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले डिफेन्डर पेर्भिस स्टुपिनानलाई अनुबन्ध गरेको छ ।
ब्राइटनले डिफेन्डर पेर्भिसलाई स्पेनिस क्लब भिल्ला रियलबाट अनुबन्ध गरेको हो ।
इक्वेडरका डिफेन्डरले ब्राइटनसँग ५ वर्षको सम्झौता गरेका छन् ।
भिल्लामा ४ वर्ष बिताएर उनी प्रिमियर लिग आएका हुन् ।
त्यसअघि उनले वाट्फोर्डबाट खेलेका थिए ।
भिल्लाका लागि उनले ७४ खेल खेलेका थिए ।
इक्वेडरका लागि उनले २६ खेल खेलेका छन् ।