काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले युवा डिफेन्डर डेस्टिनी उडोगीलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले इटालीका युवा डिफेन्डरलाई उडीनेजेबाट अनुबन्ध गरेको हो ।
१९ वर्षीय डिफेन्डरले टोटेनहमसँग ५ वर्षको सम्झौता गरेका छन् ।
इटाली यू-२१ टोलीका सदस्य डेस्टिनी यस सिजन भने लोनमा सिरी ए क्लबमै खेल्ने छन् ।
टोटेनहमले डेस्टिनीलाई यस समरमा सातौं खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
लेफ्ट ब्याक डेस्टिनीले गत सिजन ३५ लिग खेलमा ५ गोल र ४ असिस्ट गरेका थिए ।
उनले यस सिजन उडीनेजेबाटै लोनमा खेल्ने छन् ।