काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ।
सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो ।
गोमेजलाई सिटीले १३ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डरले सिटीसँग ४ वर्षको सम्झौता गरेका छन् ।
उनले सिटीमा २१ नम्बरको जर्सी लगाउने छन् ।
गोमेजले एण्डरलेच्टका लागि ४० खेलमा ६ गोल गरेका थिए ।
बार्सिलोनाका एकेडेमीमा हुर्किएका उनले त्यसअघि हुयस्काबाट लोनमा खेलेका थिए ।