काठमाडौं । इंग्लिस क्लब एभर्टनका डिफेन्डर एरी मिना आठ हप्ता मैदान बाहिर रहने भएका छन् ।
चोटको कारण मिना आठ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
कोलम्बियाका डिफेन्डरले चेल्सीविरुद्धको खेलमा चोट बोकेका थिए । उनले खेलमा चेल्सीले १-० को जित निकालेको थियो।
२७ वर्षीय मिनाले एंकल चोट बोकेको बताईएको छ ।
उनी एस्टन भिल्लाविरुद्धको खेलमा समेत उपस्थित भएका थिएनन् ।
गत सिजन उनले चोटको कारण १३ खेल मात्र खेलेका थिए ।