काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले विजयी सुरुआत गरेको छ ।
सोमबार राति भएको खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै युभेन्ट्सले सुखद सुरुआत गरेको हो ।
युभेन्ट्सलाई जित दिलाउन डुसन भाल्होभिचले दुई गोल गरे । एन्जल डी मारियाले एक गोल थपे ।
खेलको २६ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । उनले डेब्यु खेलमै गोल गरेका हुन् ।
खेलको ४३ औं मिनेटमा डुसनले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५१ औं मिनेटमा डुसनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।
जितसँगै युभेन्ट्सले पहिलो खेलमै ३ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।