काठमाडौं । नेपाल आर्मी क्बल हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाइब्रेकरमा गरिएको थियो ।
साविकको विजेता आर्मीलाई टाइब्रेकरमा विजयी गराउन अनुभवी गोलरक्षक विकेश कुथुको योगदान रह्यो । उनले एपीएफका मणिकुमार लामाका प्रहार रोकेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आर्मीको तर्फबाट टाइब्रेकरमा दीपक गुरुङ, सिमान्त थापामगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेम्जनले गोल गरे । एपीएफको तर्फबाट नवीन लामा, सुदिप सिख्राकार, सनिस श्रेष्ठ, रवि थिङले गोल गरेको थिए ।
निर्धारित समयमा आर्मीको तर्फबाट ७६ औं मिनेटमा दिनेश हेम्जनले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । एपीएफका युवराज खड्काले दोस्रो हाफ्को अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।