काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले जापानलाई हराएको छ ।
सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोली जापानलाई १-० गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा नेयमारले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा नेयमारले निर्णायक गोल गरे ।
नेयमारले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
ब्राजिल मैत्रीपूर्ण खेलका लागि एसियाको भ्रमणमा रहेको छ ।
यस अघि ब्राजिलले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियालाई ५-१ गोल अन्तरले हराएको थियो ।