काठमाडौं । लिभरपुलका मिडफिल्डर जेम्स मिल्नर थप एक वर्ष क्लबमै रहने छन् ।
इंग्लिस मिडफिल्डर मिल्नर लिभरपुलसँग सम्झौता थप गर्न सहमत भएका छन् ।
३६ वर्षीयमिल्नर र लिभरपुलबीच एक वर्ष सम्झौता नवीकरणका लागि सहमत भएको एथलेटिक्स युकेले जनाएको छ ।
मिल्नरको क्लबसँगको सम्झौता जुनको अन्त्यबाट सकिदैछ । उनले गत वर्ष एक सिजनका लागि क्लबसँगको सम्झौता थप गरेका थिए ।
मिल्नरले २०२१/२२ को सिजन लिभरपुलका लागि कुल ३९ खेल खेलेका थिए ।
मिल्नरले २००२ मा १६ वर्षको उमेरमा व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए ।
लिड्स युनाईटेडबाट व्यवसायिक फुटबलमा पाइला चालेका उनी २०१५ मा लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि ५ सय ८८ खेल खेलेका छन्।
अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषण गरिसकेका इंग्ल्यान्डका लागि उनले ६१ खेल खेलेका छन् ।