काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नर्वेले जित निकालेको छ ।
समूह चरण अन्तर्गत आइतबार राति नर्वेले स्विडेनलाई २-१ गोल अन्तरले हराएको हो ।
नर्वेको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे ।
खेलको २० औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा स्विडेनका एलंगाले एक गोल फर्काएपनि नर्वे २-१ ले विजयी भयो ।
यस जितसँगै लिग बी समूह ४ को नर्वेले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
समूहको शीर्ष स्थानमा रहेको नर्वेले २ खेलमा ६ अंक जोडेको छ ।
स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।