काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले चेक रिपब्लिकसँग बराबरी खेलेको छ ।
समूह चरण अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको चौंथो मिनेटमा ज्यकुब पेसेकले गोल गर्दै चेकलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा गाभीले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ६६ औं मिनेटमा जान कुच्टाले गोल गर्दै चेकलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै स्पेनलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह २ को स्पेनले २ खेलमा २ अंक जोडेको छ ।
स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको हो ।
स्पेन समूहको तेस्रो स्थानमा रहेको छ ।
चेक २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।