काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा एक पटकको विजेता पोर्चुगलले सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत आइतबार राति पोर्चुगलले स्विजरल्याण्डलाई ४-० गोल अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
खेलको पाँचौं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
खेलको ३९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई ४-० गोलको जित दिलाए ।
जितसँगै लिग ए समूह २ को पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ ।
२ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।
स्विजरल्याण्डले भने लगातार दोस्रो हार व्यहोरेको छ ।