काठमाडौं । नेपाल पुलिस क्लब चौंथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
हेटौंडाको क्याम्पा रंगशालामा आइतबार खुमलटार युवा क्बललाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिस क्लब अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलको तेस्रो मिनटमा अभिषेक रिजालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । खेलको ३५ औं मिनेटमा पुलिसका भरत शाहले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८५ औं मिनेटमा खुमलटारका लागि अजित लामाले गोल गरे पनि जितको लागि पर्याप्त हुन सकेन ।
खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।