एजेन्सी । ब्राजिलियन लिजेण्ड काफुले लिभरपुलका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड विश्वको सर्वश्रेष्ठ खेलाडी भएको बताएका छन् ।
फिफा डटकमसँग कुरा गर्दै काफुले इंग्ल्यान्डका राइट ब्याक आर्नोल्ड उत्कृष्ट खेलाडी भएको बताउँदै उनले फिफा वर्ष खेलाडी अवार्ड जित्ने समेत बताए ।
'उनी दुर्लभ प्रतिभा भएका खेलाडी हुन् । उनी जुन तरिकाले खेलिरहेको छ । उनी एक सर्वश्रेष्ठ खेलाडी हुन् । उनले फिफा वर्ष खेलाडी अवार्ड जित्ने छन्,' काफुले भने ।
इंग्ल्यान्डका २१ वर्षे डिफेन्डर लिभरपुलका एकेडेमीका खेलाडी हुन् । सन् २०१६ मा सिनियर टिममा डेब्यु गरेका आर्नोल्डले लिभरपुलबाट च्याम्पियन्स लिग जितिसकेका छन् ।
आर्नोल्डलाई भविष्यमा इंग्ल्यान्ड र लिभरपुलको कप्तान मानिएको छ ।
'प्राविधिक रुपमा उनी उत्कृष्ट छन् । उनी ब्राजिलियन शैलीमा खेल्छन । उनको खेल मलाई मन पर्छ । उनी उत्कृष्ट टिममा खेलिरहेका छन् जसले उनको विकासमा सहयोग पुग्छ,' काफुले थपे ।
आर्नोल्डले लिभरपुलका लागि ८४ खेलमा ४ गोल गरिसकेका छन् । इंग्ल्यान्डका लागि ९ खेलमा १ गोल गरेका छन् ।