एजेन्सी । पोर्चुगिज क्लब बेन्फिकाको टिम चढेको बसमा आक्रमण भएको छ ।
पोर्चुगिज लिग अन्तर्गत बिहिबार राति टोनडेलासँगको खेलपछि बेन्फिकाको टिम चढेको बसमा आक्रमण भएको हो ।
टोनडेलासँग गोलरहित बराबरीपछि लिस्बनमा टिम चढेको बसमा ढुंगामुढा भएको बताईएको छ ।
आक्रमणमा मिडफिल्डर जुलियन विगल र विंगर आन्द्रिजा जिभकोभिक घाइते भएको बीबीसीले जनाएको छ । दुवै खेलाडीलाई लिस्बनको अस्पताल भर्ना गरिएको बताईएको छ ।
बेन्फिका चढेको बसमा क्लबकै समर्थकले आक्रमण गरेको हुन सक्ने बताईएको छ ।
खेल दौरान रंगशाला अगाडी बेन्फिकाका समर्थकहरु भेला भएको बताईएको छ । बन्द रंगशालामा खेल भएको कारण उनीहरुलाई प्रवेश निषेध गरिएको थियो ।
घरेलु मैदानमा बराबरीपछि शीर्ष स्थानको बेन्फिकाले पोर्टोविरुद्ध ३ अंकको अग्रता बनाउने मौका गुमाएको थियो । ६० अंक जोडेको बेन्फिका शीर्ष र पोर्टो दोस्रो स्थानमा रहेको छ ।