एजेन्सी । स्पेनिस मिडफिल्डर सउल निगुएजले ला लिगा क्लब एट्लेटिको मड्रिड छाड्ने संकेत गरेका छन् ।
पछिल्लो समय इंग्लिस क्लबसँग जोडिएका निगुएजले सामाजिक संजालबाट क्लब छाड्ने संकेत गरेका हुन् ।
ट्वीटरमा एक समर्थकले सोधेको प्रश्नमा निगुएजले आफुले तीन दिन भित्र नयाँ क्लबको घोषणा गर्ने बताएका छन् ।
'आगामी ३ दिनमा नयाँ क्लबको घोषणा गर्ने छु,' निगुएजले ट्वीटरमा लेखेका छन् ।
२५ वर्षे निगुएज म्यानचेस्टर युनाइटेड जाने चर्चा छ । तर, क्लब र निगुएजले यसबारे केहि बताएको छैन ।
यस सिजन निगुएजले ३७ खेलमा ४ गोल गरेका छन् ।
कोरोनाको महामारीको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको छ ।
ला लिगा जुन ११ बाट सुचारु हुँदैछ ।