एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिप फुटबल जुन २० बाट सुचारु हुने भएको छ ।
इंग्ल्यान्ड फुटबल लिगले च्याम्पियनसिप जुन २० बाट सुचारु हुने जनाएको छ ।
कोरोना भाईरसको कारण स्थगित लिग तीन महिनापछि सुचारु हुने भएको हो ।
कोरोनाको कारण मार्च ८ बाट च्याम्पियनसिप स्थगित गरिएको छ ।
च्याम्पियनसिपमा यस सिजन १०८ खेल खेल्न बाँकी रहेको छ ।
लिग सुचारुको तयारी भएसँगै क्लबले प्रशिक्षण सुरु गरिसकेका छन् ।
यस्तै खेलाडीको कोरोना परिक्षण समेत भईरहेको छ । हालसम्म खेलाडी र स्टाफ गरि १० जनामा कोरोना देखिएको छ ।
च्याम्पियनसिप अघि जुन १७ बाट शीर्ष लिग प्रिमियर लिग सुचारु हुनेछ ।
इंग्ल्यान्डले सरकारले सोमबारबाट बन्द रंगशालामा खेलकुद गतिविधि आयोजना गर्न अनुमति समेत दिईसकेको छ ।