एजेन्सी । फिफा विश्वकप फुटबलको २१ औं संस्करण रुसमा जारी छ । विश्वकपको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ ।
यस्तोमा रुस विश्वकप सुरु नहुदै आम समर्थकहरुले आफुलाई मन पर्ने जर्सी खरीद गरिसकेका छन् । धेरैले जर्सी लगाएर आफ्नो राष्ट्रको समर्थन गरेका छन् । तर, रुसमा जारी विश्वकप चलिरहदा एक संस्थाले अनौठो जर्सी उत्पादन गरेको छ । जुन तपाईले यसअघि कहिलै देख्नु भएको थिएन ।
सेलिब्रेट प्राइड नामक संस्थाले विश्वकप चलिरहदा हालै सार्वजनिक गरेको जर्सीले निकै चर्चा कमाएको छ । उक्त संस्थाले इन्द्रेणी रङ्गको जर्सी बनाएको छ । र, उक्त जर्सीमा विश्वकप खेलिरहेका राष्ट्रको जर्सीको डिजाइन र रङ्ग एकै ठाउमा रहेको छ । जर्सी बनाउने संस्थाले 'समान टिम' नाम दिएर यो जर्सी डिजाइन गरेको हो ।
सेलिब्रेट प्राइडले एक अभियानको लागि यो जर्सी निर्माण गरेको हो । लेस्बियन, गे, बाईसेक्सुअल, ट्रान्सजेन्डरको आवाज उठाउदै आएको संस्था सेलिब्रेट प्राइडले च्यारिटीको लागि यो अनौठो जर्सी उत्पादन गरेको हो । यो जर्सी रुस विश्वकपको फाइनल दौरान सार्वजनिक र अक्सनमा राखिने छ ।
यो अभियानमा विश्व फुटबलका पिता मानिने ब्राजिलियन पेल लगायतका विश्व चर्चीत व्यक्तित्वहरुले साथ दिएका छन् ।
तस्विर -








तस्विर - एजेन्सी