एजेन्सी । विश्व फुटबलमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो सधै चर्चामा रहने गर्छन् । मेस्सी र रोनाल्डोको चर्चा मैदान र मैदानबाहिर उत्तीकै रहने गर्छ ।
रुसमा जारी फिफा विश्वकपमा मेस्सी र रोनाल्डोको टोली अन्तिम १६ बाटै बाहिरिएको छ । तर, रोनाल्डो र मेस्सीको चर्चा अझै सेलाएको छैन । रुसमा अहिले एक मायालु जोडीको डिभोर्स (सम्बन्ध विच्छेद) को चर्चा छ । कारण, मेस्सी र रोनाल्डो नै हुन् ।
आर्सेन र ल्युडमिला नामका एक जोडीको डिभोर्स मेस्सी र रोनाल्डोकै कारण भएको हो । रुसी पत्रिका आर्गुमेन्टोको अनुसार सन् २००२ को विश्वकप दौरान गासिएको माया प्रेम घरेलु मैदानमा भएको विश्वकप नसकिदै टुंगिएको छ ।
यी दुई जोडीले अर्जेन्टिना र नाइजेरियाबीचको खेल संगै बसेर हेरेका थिए । त्यसपछि भने मेस्सी मन पराउने आर्सेन र रोनाल्डो मन पराउने ल्युडमिलाबीच को उत्कृष्ट भन्ने विवाद चुलिएको थियो । विवाद बढ्दै गएपछि दुवैले आफु आफु बस्ने निधो गरेका थिए ।
'विश्वकपको सुरुवातमा उनले मेस्सीको मजाक उडाईन् , आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल पनि गर्न सकेनन्,' आर्सेनले भनेका छन्, 'मैले उनलाई भने कि रोनाल्डो र पोर्चुगल र उनले सपोर्ट गरेको क्लबलाई समर्थन गर्नु व्यर्थ हुनेछ । त्यसपछि मैले आफ्नो समान लिए र उसलाई सधैको लागि छाडी दिए ।'
पत्रिकाका अनुसार आर्सेनले चेल्याबिन्स्क अदालतमा सम्बन्ध विच्छेदको लागि आवेदन दिईसकेको जनाएको छ । आर्सेन र ल्युडमिलाबीच सन् २००२ को विश्वकप हेर्ने क्रममा एक बारमा भेट भएको थियो ।
तस्विर : एजेन्सी