एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबलमा जापान प्रि क्वाटरफाइनलमा बेल्जियमसंग पराजित हुँदै घर फर्कियो । सोमबार राति सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जापान बेल्जियमसंग ३ - २ ले पराजित भएको थियो ।
जापान विश्वकपको अन्तिम १६ बाटै बाहिरीए पनि जापानी समर्थकहरुले रुसमा सवैको मन जितेका छन् । जापानी समर्थकहरुले उदाहरणीय कार्य गरेका छन् । खेलपछि रंगशालामा फालिएका फोहोरहरु सफा गरेर जापानीहरुले सच्चा समर्थकसंगै सच्चा नागरिक भएको समेत प्रमाणित गरेका छन् ।
अहिले जापानीज समर्थकले रंगशालाको प्याराफिट सरसफाई गर्दै गरेको तस्विरहरु निकै भाइरल बन्दै गएको छ । अन्य राष्ट्रको समर्थकहरुले फालेको फोहोर जापानीहरुले ब्यबस्थापन गरेका थिए । खेलपछि अन्य राष्ट्र घर फर्कदा जापानीजहरु भने फोहोर ब्यबस्थानमा लागेका थिए ।
यस्ता कार्य जापानी समर्थकहरुले निकै अगाडीबाटै गर्दै आएका छन् । सन् २०१४ को ब्राजिल विश्वकपमा पनि जापानी समर्थकहरुले यस्ता कार्य गरेका थिए ।
फोटोमा हेर्नुस जापानी समर्थकको कार्य -







तस्विर : एजेन्सी