एजेन्सी । स्पेनिस लिजेण्ड आन्द्रेस इनिष्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
विश्वकप फुटबलमा रुससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिए लगत्तै मिडफिल्डर इनिष्टाले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका हुन् ।
इनिष्टाकै सहयोगमा स्पेनले सन् २०१० को विश्वकपको उपाधि उचालेको थियो ।
३४ बर्षका भेट्रान इनिष्टाले स्पेनको जर्सीमा १ सय ३० खेल खेलेका छन् ।
जसमा उनले दुई युरो कप र एक विश्वकपको सफलता हात पारे ।