एजेन्सी । पेनाल्टी सुटआउटमा स्पेनलाई हराउदै आयोजक राष्ट्र रुस विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । आयोजकले उपाधि दाबेदार स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले स्तब्ध पा¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा स्पेनका इयागो आस्पस र कोके चुकेपछि आयोजकले अन्तिम ८ मा स्थान बनायो । दुवैको प्रहार रुसका गोलकिपर इगोरले रोकेका थिए ।
निकै रक्षात्मक प्रर्दशन गर्दै रुसले खेललाई पेनाल्टी सुटआउट सम्म पु¥याउन सफल भएको थियो ।
खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट स्पेनले अग्रता बनाएको थियो । मार्को एसेन्सियोको फ्रिकिक बलले रुसका सेर्गेइलाई लाग्दै पोस्टको जाली चुमेको थियो ।
खेलको ४१ औं मिनेटमा आर्टेम डिजुबाको पेनाल्टी गोलबाट रुस खेलमा फर्किएको हो ।
स्पेनको जेरार्ड पिकेले ह्यान्ड बल गरेपछि रुस खेलमा फर्किएको थियो ।