आठौंको विभागीय 'डर्बीमा' पुलिसको जित
शनिबार, ०७ बैशाख २०७६खेलपाटी संवाददाता

पुलिस टिमकाे फाइल फाेटाे । फोटो : विवेक फुयाल, हेटौडा
बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा पुलिसले आर्मीलाई हराएको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुक्रबार भएको विभागीय डर्बीमा पुलिसले बाजी मारेको हो ।
विभागीय लडाँईमा पुलिसले आर्मीलाई १–० ले हरायो ।
पुलिसको जितमा एकमात्र गोल सुमन लामाले गरे । उनले खेलको ६८ औ मिनेटमा गोल गर्न सफल भएका थिए ।
समुह खमा रहेको पुलिसले २ खेलबाट ६ अंक छ । आर्मीको २ खेलबाट ३ अंक छ ।














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)