एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणको प्रतिस्पर्धामा रहेको स्पेन र रुसबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
पहिलो हाफमा आक्रमक खेल पस्कदै दुवै टोलीले १–१ गोलको बराबरी गरेका थिए । दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको छ ।
बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अब ३० मिनेटको खेलले दुवै टोलीको भाग्य निर्धारण गर्नेछ ।
अतिरिक्त समयमा कुनै नतिजा नआएको खण्डमा खेल पेनाल्टी सुटआउटमा धकेलिनेछ ।
खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट स्पेनले अग्रता बनाएको थियो । मार्को एसेन्सियोको फ्रिकिक बलले रुसका सेर्गेइलाई लाग्दै पोस्टको जाली चुमेको थियो ।
खेलको ४१ औं मिनेटमा अार्टेम डिजुबाको पेनाल्टी गोलबाट रुस खेलमा फर्किएको हो । स्पेनको जेरार्ड पिकेले ह्यान्ड बल गरेपछि रुस खेलमा फर्किएको हो ।
आजको खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रेका छन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ ।