बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुष फुटबलमा प्रदेश ५ ले विभागीय टिम एपीएफलाई पराजित गरेको छ ।
शुक्रबार भएको खेलमा प्रदेश ५ ले एपीएफलाई ३–२ गोल अन्तरले हराएको हो ।
खेलको १७ औ मिनेटमा आशिश लामाको गोलबाट एपीएफले अग्रता लिएको थियो । प्रदीप लामाले २६ औ मिनेटमा एपीएफको अग्रतालाई दोब्बर पारे ।
त्यसपछि घरेलु टोलीले लगातार तीन गोल गर्दै खेलमा जित निकाल्यो ।
पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै पुर्णबहादुर गुरुङले प्रदेश ५ लाई खेलमा फर्काउने कोशिश गरे । विवेक पुनले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
सञ्जु सेनले ७६ औ मिनेटमा गोल गर्दै प्रदेश ५ को जित सुनिश्चित गरे ।
समुह चरणको दोस्रो खेलमा जित निकाल्दै प्रदेश ५ समुहमा ६ अंक जोड्न सफल भयो । एपीएफ ३ अंक सहित दोस्रो स्थानमा रह्यो ।