एजेन्सी । विश्वकप फुटबलको तेस्रो प्रि-क्वाटरफाइनलमा स्पेनले बनाएको अग्रतामा आयोजक रुसले बराबरी गरेको छ ।
लुजिनिकी स्टेडियममा जारी खेलको ४१ औं मिनेटमा अार्टेम डिजुबाको पेनाल्टी गोलबाट रुस खेलमा फर्किएको हो । स्पेनको जेरार्ड पिकेले ह्यान्ड बल गरेपछि रुस खेलमा फर्किएको हो ।
यसआघि खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट स्पेनले अग्रता बनाएको थियो । मार्को एसेन्सियोको फ्रिकिक बलले रुसका सेर्गेइलाई लाग्दै पोस्टको जाली चुमेको थियो ।
आजको खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रेका छन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । यस्तोमा दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
स्पेन युरोपियन क्षेत्रकै उत्कृष्ट टिम हो । घरेलु टोली रुसलाई घरेलु समर्थकको साथ हुनेछ । स्पेनसंग विश्व स्तरीय खेलाडीको साथ रहन्छ । रुससंग नाम चलेका खेलाडी त् छैन तर उनीहरुको जुझारु प्रदर्शन निकै राम्रो छ ।