एजेन्सी । विश्वकप फुटबलको तेस्रो प्रि-क्वाटरफाइनलमा अहिले स्पेन र आयोजक रुसबीच प्रतिस्पर्धा हुँदैछ ।
लुजिनिकी स्टेडियममा हुने खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रेका छन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । यस्तोमा दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
स्पेन युरोपियन क्षेत्रकै उत्कृष्ट टिम हो । घरेलु टोली रुसलाई घरेलु समर्थकको साथ हुनेछ । स्पेनसंग विश्व स्तरीय खेलाडीको साथ रहन्छ । रुससंग नाम चलेका खेलाडी त् छैन तर उनीहरुको जुझारु प्रदर्शन निकै राम्रो छ ।