एजेन्सी । रुस विश्वकप फुटबलको चौथो प्रि-क्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कले आज राति प्रतिस्पर्धा गर्दै छन् । र, दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
विश्वकपको क्वाटरफाइनलमा पुग्न दुवै टोलीले आफ्नो सम्पूर्ण शक्ति खर्चने छन् । यस्तोमा दुवै राष्ट्रले आफ्नो केहि मुख्य खेलाडीबाट उत्कृष्ट खेलको आशा राखेको हुन्छ ।
यो खेलमा क्रोएसियाले आफ्नो कप्तान लुका मोड्रिकबाट उत्कृष्ट खेलको आशा राख्ने छ । यस्तै डेनमार्कले क्रिष्टियन एरिक्सनबाट उच्च प्रदर्शन चाहन्छ ।
लुका मोड्रिक (क्रोएसिया)
क्रोएसिया टिमको लय अहिले जुन अवस्थामा छ, जसको श्रेय लुका मोड्रिकलाई जान्छ । कप्तान मोड्रिककै प्ले मेकर भूमिकामा क्रोएसियाले विश्वकपमा सुन्दर फुटबल पसक्दै आएको छ । आज डेनमार्कविरुद्ध हुने खेलमा पनि कप्तान मोड्रिक नै महत्वपूर्ण खेलाडी हुनेछन् ।
३२ बर्षीय मिडफिल्डर मोड्रिक मैदानमा बल पोजिसन मिलाउन जति सफल हुन्छन्, गोल गर्न पनि उत्तीकै माहिर मानिन्छन् । स्पेनिस रियल मड्रिडबाट खेल्दै आएका मोड्रिकले समूह चरणमा अर्जेन्टिनाविरुद्ध गरेको गोल निकै सुन्दर थियो । जारी विश्वकपमा उनले २ गोल गरिसकेका छन् ।
बल पोजिसन मिलाउन र आफ्ना टिमलाई एक जुट बनाउन सक्ने खुबी भए मोड्रिक निकै चलाखीपूर्ण खेल्ने गर्छन् । क्रोएसियाको लागि १०९ खेल खेलीसकेका मोड्रिकले १४ गोल गरिसकेका छन् ।
समूह चरणमा टोलीको उत्कृष्ट नतिजामा महत्वपूर्ण खेलाडी बनेका मोड्रिक डेनमार्कविरुद्ध पनि उत्तिकै जम्ने विश्वास गरिएको छ । मोड्रिकको जादु चलेमा डेनमार्कलाई हराउन क्रोएसियालाई कुनै कठिन हुनेछैन ।
क्रिष्टियन एरिक्सन (डेनमार्क)
क्रोएसियाविरुद्ध मैदान उत्रदा डेनमार्कले क्रिष्टियन एरिक्सनलाई मुख्य हतियार बनाउने छन् । किनकि क्रोएसियाको डिफेन्सलाई चिर्न प्ले मेकर एरिक्सन नै मुख्य खेलाडी बन्ने छन् । उनले प्ले मेकर भूमिका निभाउन सके डेनमार्कका फरवार्डलाई गोल निकाल्न गाह्रो पर्दैन ।
२६ वर्षिय एरिक्सन प्रिमियर लिगमा टोटनह्यामका लागि खेल्ने गर्छन् । त्यसैले मिडफिल्डमा जम्न सक्ने एरिक्सनबाट डेनमार्कले आशा गरेको छ । यो सिजन प्रिमियर लिगमा एरिक्सनले १० गोल गर्दै १० गोलका लागि पास उपलब्ध गराएका थिए । उनले च्याम्पियन्स लिगमा ६ खेल खेलेर २ गोल गरेका थिए ।
विश्वकप छनोटमा एरिक्सनले १२ खेल खेल्दै ११ गोल गर्न सफल भएका थिए । बल पोजिसन बनाउन सिपालु एरिक्सन छोटो पास खेल्न निकै माहिर मानिन्छन् । विश्वकपको समूह चरणमा अष्ट्रेलियाविरुद्ध एक गोल गरिसकेका एरिक्सनबाट डेनमार्कले धेरै आशा गरेको छ ।