निर्माण र अमिर फाइनलमा
शनिबार, ०९ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । काभ्रेका निर्माण बोगटी र काठमाडौंका अमिर श्रेष्ठ प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा निर्माणले ललितपुरका विकेश राईलाई ५–१ तथा अमिरले काठमाडौंकै वान्छेन छापलाई ५–३ को फ्रेममा पराजित गरे । फाइनल शनिबार हुनेछ ।
प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहेको नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।
विजेताले १ लाख १० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।










%20(1)-1777447778534.jpeg&w=3840&q=75)





