काठमाडौं । सुनसरीका आयुश गौतम प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा सोमबार क्वाटरफाइलनमा प्रवेश गरेका छन् । आयुशले काठमाडौंका विकेश महर्जनलाई ४–१ को फ्रेममा पराजित गरे ।
ओखल्ढुंगाका शिव थापा मगरले ललितपुरका सन्दिप मगरलाई ४–१, काठमाडौंका दोर्जे शेर्पाले काठमाडौंकै कृतेश ज्ञवालीलाई ४–२ र काठमाडौंका फुरी शेर्पाले रामेछापका सूर्यकुमार तामाङलाई ४–२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहेको नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।
विजेताले १ लाख १० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।