काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट क्रिकेट, टेबल टेनिस,उसु र बक्सिङ खेलका खेलाडी छनोट गरिएको छ ।
प्रतियोगिताका लागि गण्डकीबाट क्रिकेटमा समान १४/१४ पुरुष र महिला गरी २८ क्रिकेट खेलाडी छनोट भएका छन् ।
पुरुषमा कास्कीका विपिन खत्री, अनिल गुरुङ, सुमन घिमिरे, सन्तौष न्यौपाने, मेखबहादुर सेन थापा, गोविन्द प्रधान, अमृत गुरुङ र विधान श्रेष्ठ, नवलपुरका किशोर महतो, आकाश थापा, मन्जिल न्यौपाने र राहुल शर्मा, तनहुँका राजु गुरुङ तथा बाग्लुङका रमेश बस्नेत रहेका छन् ।
महिलामा कास्कीका धन छन्त्याल, श्रृष्टि पौडेल, नमुना कार्की, सरु राजभण्डारी, प्रतिमा बानियाँ, सुशिला गुरुङ, गंगा थापा मगर, स्मृति गुरुङ र अस्मिता गुरुङ तथा लम्जुङका सगुन गुरुङ, रोस्जी थापा, प्रिया गुरुङ र पुर्णिमा गुरुङ छन् ।
गण्डकीबाट टेबल टेनिसतर्फ समान ५/५ पुरुष र महिला गरी १० टेबलटेनिस खेलाडी छनोट भएका छन् ।
पुरुषमा कास्कीका शंकर धिताल, बाग्लुङका सुजन कुँवर, कास्कीका अनुश कुँवर, बाग्लुङका समिर केसी र कास्कीका सुमेश लामा छनोट भए । महिलामा मुना थापा, पार्वती श्रेष्ठ, सुजाता पौडेल, प्रमिशा न्यौपाने र ज्योति गुरुङ छानिए । सुजाता बाहेक सबै कास्कीका हुन् । सुजाता नवलपुरकी हुन् ।
यस्तै उसु खेलतर्फ थाउलोको छाङछ्वान पुरुषमा कास्कीका आयुश गुरुङ र महिलामा बाग्लुङकी सोनम खत्री, पुरुष नान्छ्वान÷नानकुनमा बाग्लुङका लेलिन राना मगर, महिला नान्छ्वान÷नानतावमा बाग्लुङकी काजल विक, थाइचीछ्वान÷थाइचीचेनको पुरुषमा बाग्लुङका गोविन्द थापा मगर र महिलामा बाग्लुङकी दिपशिखा किसान, पुरुष ताव सु÷कुनसुमा बाग्लुङका शौरभ किसान तथा महिला चियन सु÷छियाङ सुमा बाग्लुङकी समिक्षा पाइजा छनोट भए ।
सान्सौंको पुरुष ५२ केजीमा नवलपुरका अनिलकुमार चौधरी, ५६ केजीमा बाग्लुङका उत्तम अर्मजा, ६० केजीमा म्याग्दीका सुशिलकुमार श्रेष्ठ, ६५ केजीमा कास्कीका दिनेश श्रेष्ठ, ७० केजीमा बाग्लुङका योगेन्द्र थापा, ७५ केजीमा बाग्लुङका किरण घर्ती मगर, ८० केजीमा बाग्लुङका अनुप खड्का र ८५ केजीमा कास्कीका सुरेश नेपाली छानिए ।
महिला ५२ केजीमा तनहुँकी दिलमाया राना, ५६ केजीमा बाग्लुङकी रेखा बोहरा, ६० केजीमा तनहुँकी विनु माया राना, ६५ केजीमा कास्कीकी अञ्जना कार्की, ७० केजीमा कास्कीकी रुपा पाइजा र ७५ केजीमा कास्कीकी अनिशा आले मगर छनोट भए ।
बक्सिङतर्फ पुरुष ४९ केजीमा कास्कीका कृष्णजंग कार्की, ५२ केजीमा नवलपुरका अमिर गुरुङ, ५६ केजीमा कास्कीका जेनिश गुरुङ, ६० केजीमा कास्कीका दिनेश बानियाँ, ६४ केजीमा कास्कीका सुजन मगर, ६९ केजीमा नवलपुरका सविन गुरुङ, ७५ केजीमा कास्कीका युवराज श्रेष्ठ, ९१ केजीमुनि कास्कीका सन्जिव श्रेष्ठ तथा ९१ केजीमाथि कास्कीका कुशल राना मगर छनोट भए ।