एजेन्सी । विश्व नम्बर एक सिमोना हालेपले महिलातर्फको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । आज भएको फाइनलमा अमेरिकन खेलाडी स्लोने स्टेफेन्सलाई पराजित गर्दै रोमानियाकी हालेपले उपाधि जितेकी हुन् ।
हालेपले स्टेफेन्सलाई ३-६, ६-४ ६-१ ले हराउदै रोमानियाकी हालेपले पहिलो ग्राण्डस्लाम उपाधि जितेकी हुन् । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै हालेपले उपाधि चुमेकी हुन् ।
हालेपको यो करियरको पहिलो ग्राण्डस्लाम उपाधि समेत हो । गत बर्ष भने हालेप फाइनलमा पराजित भएकी थिइन् ।