३ वर्षपछि कुशलको शतक
शनिबार, ०२ जेठ २०८३खेलपाटी संवाददाता
-1778923544042.jpeg&w=3840&q=75)
काठमाडौं। करिब ३ वर्षपछि नेपाली टोलीका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक प्रहार गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा उनले १०४ बलमा १२ चौका र ३ छक्कासहित शतक प्रहार गरेका हुन्।
उनले यसअघि १४ फेब्रुअरी २०२३ मा नामिबियाविरुद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भएको खेलमा शतक प्रहार गरेका थिए। उक्त खेलमा ११३ बल खेलेका उनले १० चौका र ४ छक्कासहित ११५ रन बनाएका थिए।












