शुक्रबार, १२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बायर्नमै बस्ने भए नोयर

शनिबार, ०२ जेठ २०८३खेलपाटी संवाददाता
बायर्नमै बस्ने भए नोयर
Loading ad...
mustang rice ad

काठमाडौं। म्यानुअल नोयरले बायर्न म्युनिखसँगको आफ्नो सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन्।

यससँगै ४० वर्षीय अनुभवी गोलकिपर अझै क्लबमै रहने भएका छन्। उनले आफ्नो दीर्घकालीन उत्तराधिकारी मानिएका जोनेस उर्बिगलाई मार्गदर्शन गर्ने भूमिका पनि निभाउनेछन्।

नयाँ सम्झौतापछि नोयर बायर्नमा आफ्नो १५औं सिजन खेल्ने तयारीमा छन्। यस सिजन फिटनेस समस्याबीच पनि उनले युईएफए च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीका कप्तान तथा पहिलो रोजाइका गोलकिपरको स्थान कायम राखेका छन्।

नोयरले हालसम्म बायर्नका लागि ५९७ खेल खेलिसकेका छन्। अब उनी क्लब इतिहासमा ६०० खेल पूरा गर्ने पाँचौं खेलाडी बन्ने नजिक पुगेका छन्।

बायर्नका वैकल्पिक गोलकिपर उर्बिगलाई भविष्यका मुख्य गोलकिपरका रूपमा हेरिएको छ। यस सिजन उनले थप अवसर पाउँदै आएका छन्। नोयरले उनलाई अनुभव बाँड्दै प्रशिक्षणमा सहयोग गरिरहेका छन्।

यसैबीच नोयरका लामो समयदेखिका सहायक गोलकिपर स्वेन उलराइखले पनि अर्को एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन्। क्लबका खेल निर्देशक म्याक्स एबरलले भने,‘म्यानुअल र स्वेनले जोनासलाई भविष्यमा बायर्नको मुख्य गोलकिपर बन्ने यात्रामा सहयोग गरिरहनेछन्।’

नोयरले एक महिनाअघि बायर्नसँग आफ्नो १३औं जर्मन लिग उपाधि जितेका थिए। अब मे २३ मा हुने जर्मन कप फाइनलमा भिएफबी स्टुटगार्टलाई हराउन सके बायर्नले २०२० पछि पहिलो पटक घरेलु ‘डबल’ उपाधि जित्नेछ।

जर्मनी राष्ट्रिय फुटबल टोलीबाट युईएफए युरो २०२४ पछि सन्न्यास लिएपछि नोयर पूर्ण रूपमा बायर्नमा केन्द्रित भएका छन्। आगामी विश्वकपमा जर्मनीका लागि ओलिभर बाउमान पहिलो रोजाइका गोलकिपर बन्ने सम्भावना छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

Loading ad...
xTreme Energy Drink
रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

रवीन्द्रको अग्निपरीक्षा

रवीन्द्रको अग्निपरीक्षा

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

सानदार बार्सिलोना

सानदार बार्सिलोना

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित