शुक्रबार, १२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप शनिबारदेखि

शुक्रबार, ०१ जेठ २०८३खेलपाटी संवाददाता
 थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप शनिबारदेखि
Loading ad...
mustang rice ad

काठमाडौं। टिपटो स्पोटर्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारर्केश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोटर्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ ।

आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फुटबल खेलको विकास, विस्तार तथा युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

सन् २०२१ मा स्थापना भएको टिपटो स्पोटर्स एकेडेमीले विभिन्न प्रशिक्षण कार्यक्रम, फुटबल प्रतियोगिता तथा सामाजिक गतिविधिमार्फत नेपाली फुटबलमा योगदान पुर्‍याउँदै आएको छ। यसपटकको कार्यक्रम विशेषगरी विभिन्न उमेरसमूहका खेलाडीहरूको फुटबल कौशल विकासमा केन्द्रित रहने आयोजकको भनाइ छ।

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जापानका राष्ट्रिय थ्री अन थ्री फुटबल खेलाडी यासुहिरो नाबेटा नेपाल आएका छन्। उनले प्रतियोगिताअन्तर्गत सञ्चालन हुने प्रशिक्षण सत्रमा खेलाडीलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म फुटबल क्लिनिक सञ्चालन हुनेछ। त्यस्तै, जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म च्याम्पियनसिप आयोजना गरिनेछ।

क्लिनिकमा नेपालभरका विभिन्न एकेडेमी तथा विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका करिब १ सय ५० खेलाडीको सहभागिता रहनेछ। साथै, च्याम्पियनसिपमा यू–१४ र यू–१६ समूहका ३२ टोली सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

Loading ad...
xTreme Energy Drink
रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

रवीन्द्रको अग्निपरीक्षा

रवीन्द्रको अग्निपरीक्षा

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

सानदार बार्सिलोना

सानदार बार्सिलोना

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित