काठमाडौं । गौतम बुद्व अन्तराष्ट्रिय क्रिकेट रंगशालामा निर्माणका लागि मलेसियामा ३५ लाख रुपैयाँ उठेको छ । सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझबाट रंगशाला बनाउन ३५ लाख ७१ ह्जार रुपैयाँ उठेको हो ।
धुर्मुस अर्थात सिताराम कट्टेलले सामाजिक सञ्चाल फेसबुकमार्फत मनोरञ्जनात्मक कार्यक्रम गर्ने परिकल्पना गरिएपनि रंगशाला निर्माणको घोषणा गरेपछि रंगशाला निर्माणकै सहयोगार्थ कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
मलेसियाको तीन वटा शहर क्वालालाम्बपुर, जोहोर बाहु र पेनाङमा भएको कार्यक्रममा नेपाली समुदायबाट २० लाख ७१ ह्जार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट १५ लाख थप गरि ३५ लाख ७१ ह्जार रुपैयाँ संकलन भएको हो ।
अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
रंगशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझको आयोजना गरेको थियो ।
चितवनमा गौतम बुद्व अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका अभियान्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे अहिले विदेशमा कार्यक्रमको आयोजना गर्दै रकम संकलन गरिरहेका छन् ।