हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

काठमाडौं। पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फेरि देखाएका छन्, उमेर उनका लागि संख्या मात्र हो।
अल– नासरबाट उनले निरन्तर गोल गर्दै अल–वास्लविरुद्ध ४–० को सानदार जित दिलाए। योसँगै टोली एएफसी च्याम्पियन्स लिग–२ को सेमिफाइनलमा पुगेको छ।
यस खेलमा गोल गर्दै रोनाल्डोले आफ्नो करिअरको कुल गोल संख्या ९६९ पुर्याएका छन्। योसँगै उनलाई ऐतिहासिक एक हजार गोलको उपलब्धितर्फ अझ नजिक ल्याएको छ। अब उनी यो उपलब्धि हासिल गर्न ३१ गोल टाढा छन्।
खेलका क्रममा केही समर्थकहरूले लियोनेल मेसीको नाममा नाराबाजी गर्दा उनले इशारामार्फत जवाफ दिएका थिए। यो सिजनमा रोनाल्डोको यो २६औं गोल हो। खेलको ११औं मिनेटमा नावाफ बौशालको पासबाट पेनाल्टी क्षेत्रभित्र सुन्दर फिनिस गर्दै उनले पहिलो गोल गरेका थिए। त्यसपछि अल–नासरले खेलभरि दबदबा कायम राख्यो।
२४औं मिनेटमा इनिगो मार्टिनेजले जोआओ फेलिक्सको पासबाट दोस्रो गोल गरे। त्यसको दुई मिनेटपछि फेलिक्सकै अर्को पासमा अब्दुलेलाह अल–अम्रीले तेस्रो गोल थपे। अन्तिम गोल साडियो मानेले गरे। यसमा अब्दुल्लाह अल–हमदानको सहयोग थियो।
यस जितसँगै अल–नासर सेमिफाइनलमा पुगेको छ। अब अल–अहली दोहा र अल–हुसेनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।









-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)