गुजरातलाई बटलरको फर्म चिन्ता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेल पञ्जाब किङ्स र गुजरात टाइटन्सबीच हुँदैछ। खेल नयाँ चण्डीगढस्थित महाराजा यादविन्द्रसिंह स्टेडियममा बेलुका ७:४५ बजेबाट सुरु हुनेछ भने टस ७:१५ बजे हुनेछ।
गुजरातको यो पाँचौं सिजन हो। टोलीले सन् २०२२ मा आफ्नो डेब्यू सिजनमै उपाधि जितेको थियो। तर, अघिल्लो सिजन चौथो स्थानमा रह्यो। यता पञ्जाब भने अझै आफ्नो पहिलो उपाधिको प्रतीक्षामा छ। टोली अघिल्लो सिजन उपविजेता बनेको थियो।
दुवै टोलीबीच सातौं भेट
आईपीएलमा पञ्जाब र गुजरातबीच अहिलेसम्म ६ खेल भएका छन्। त्यसमा दुवैले ३–३ खेल जितेका छन्। आईपीएल २०२५ मा भएको एक खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको थियो। नयाँ चण्डीगढमा दुवै टोली एकपटक भिड्दा गुजरातले ३ विकेटले जित निकालेको थियो।
पञ्जाबका तीव्र गतिका बलर लकी फर्ग्युसनले यो खेल गुमाउने छन्। न्यूजिल्यान्डका बलर पितृत्व बिदामा छन्। उनको स्थानमा जाभियर बार्टलेट वा बेन ड्वारशसलाई मौका दिन सकिन्छ।

यस सिजन पनि पञ्जाबको टोली बलियो देखिएको छ। शीर्ष क्रममा प्रियांश आर्या र प्रभसिमरन सिंहको ओपनिङ जोडीबाट राम्रो सुरुआतको अपेक्षा गरिएको छ। तेस्रो नम्बरमा कप्तान श्रेयस अय्यर खेल्नेछन्। मध्यक्रममा नेहल वढेरा र शशांक सिंह रहनेछन्।
मार्कस स्टोयनिस, मार्को यानसन र अजमतुल्लाह ओमरजईले ब्याटिङ र बलिङ दुवैमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
बटलरको फर्म चिन्ता
गुजरातले यस सिजन पनि साई सुदर्शन र कप्तान शुभमन गिलबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ। तर, जोस बटलरको हालको फर्म टोलीका लागि चिन्ताको विषय बनेको छ।
ग्लेन फिलिप्स राम्रो फर्ममा छन्। वाशिङ्टन सुन्दर, जेसन होल्डर र राहुल तेवतिया टोलीका प्रमुख खेलाडी हुन्। तीव्र गतिका बलिङ आक्रमणमा कगिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, ईशान्त शर्मा र ल्यूक वुड रहेका छन्।
स्पिन विभागको जिम्मा राशिद खानसँग हुनेछ। उनलाई साई किशोर र सुन्दरले साथ दिनेछन्।











-1774856466345.webp&w=3840&q=75)
