१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल
-1774148515465.webp&w=3840&q=75)
काठमाडौं। ड्रो फर्नान्डेजले पेरिस सेन्ट–जर्मेन (पीएसजी) का लागि आफ्नो पहिलो गोल गर्दै टोलीलाई शनिबार संघर्षरत नाइसविरुद्ध ४–० को जित दिलाए। योसँगै टोलीले लिग १ को शीर्षस्थान पुनः कब्जा गरेको छ।
१८ वर्षीय मिडफिल्डर फर्नान्डेज जनवरीमा बार्सिलोनाबाट क्लबमा आएका थिए। उनले ८१औं मिनेटमा उस्मान डेम्बेलेको राम्रो पासमा टिमको तेस्रो गोल गरे।
यस जितसँगै पीएसजी लेन्सभन्दा १ अंकले माथि उक्लिएको छ। लेन्सले शुक्रबार एन्जर्सलाई ५–१ ले हराएको थियो। गत सिजनको विजेता पीएसजीले एक खेल कम खेलेको छ। अप्रिल ११ मा लेन्समै यी दुई टोलीबीच हुने खेल उपाधि निर्धारण गर्ने हुन सक्छ।
पहिलो हाफको अन्त्यतिर विवादास्पद ह्यान्डबल निर्णयले पीएसजीलाई पेनाल्टी दिलाएसम्म नाइसले बराबरी प्रतिस्पर्धा गरिरहेको थियो। डिजिरे डुएले हानेको बल लक्ष्यबाहिर जाँदै गर्दा नाइसका मिडफिल्डर मोर्गान सान्सोनको हातमा हल्का लाग्यो।
उनी फर्किँदै थिए र बल देखेका पनि थिएनन्। भिडियो समीक्षा पछि रेफ्रीले पेनाल्टी दिए र लेफ्ट ब्याक नुनो मेन्डेसले गोल गरे।
त्यसपछि मेन्डेसले ४९औं मिनेटमा क्रसमार्फत डुएलाई गोलको अवसर सिर्जना गरिदिए। एक घण्टा पुग्दा नाइसका मिडफिल्डर युसुफ एनडायिशिमिये रातो कार्ड खाएर बाहिरिएपछि पीएसजीले खेलको अन्त्यतिर फर्नान्डेज र राइट ब्याक वारेन जाइरे-एमेरीमार्फत थप गोल गर्यो।






-1774092907794.webp&w=3840&q=75)





