थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

काठमाडौं। पाटन उच्च अदालतले थ्रीस्टार क्लबसँग सम्बन्धित विवादको अन्तिम टुंगो लागेपछि मात्र ‘ए’ डिभिजन लिग सञ्चालन गर्न निर्देशन दिएको छ।
अदालतले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयलाई अन्तरिम आदेश दिँदै विवाद समाधान नभएसम्म प्रतियोगिता अघि नबढाउन भनेको हो।
२७ जेठ २०७९ देखि ठप्प ‘ए’ डिभिजन लिग आगामी ३० चैतदेखि सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरिसकेको छ। तर, थ्रीस्टारको विषयमा उठेका कानुनी प्रश्नहरूको निष्कर्ष नआएसम्म लिग सञ्चालन गर्नु उपयुक्त नहुने अदालतले ठहर गरेको हो। यसले फुटबल प्रशासनभित्र देखिएको विवादलाई कानुनी रूपमा समाधान गर्न प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
‘विवाद समाधान भएपछि मात्रै लिग सञ्चालन गर्न दिनु,’ आदेशमा उल्लेख गरिएको छ। एन्फा अपिल कमिटीले ११ असार २०८२ मा ‘बी’ डिभिजनमा घटुवा गरेपछि थ्रीस्टार उच्च अदालत पाटन पुगेको थियो।
 (1)-1774009787382.jpeg)
क्लबले १८ असारमा कमिटीको निर्णय अन्याय पूर्ण रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, एन्फा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ , महासचिव किरण राई, सहमहासचिव दामोदर भट्टरार्इ बद्री, एन्फा अनुशासन समिति, पुनरावेदन समिति र एपीएफ क्लबलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दामा १३ फागुन २०८२ श्रीधराकुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटीको इजालसले उत्प्रेषण जारी गरेको थियो। २०७९ मा सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो।
उक्त खेलमा तत्कालीन कप्तान विक्रम लामाले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भनेको थियो। योसँगै गोलअन्तरले थ्रीस्टार अघि रहँदा विभागीय टोली एपीएफ रेलिगेसनमा परेको थियो।
लगत्तै एपीएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार खेलाउन नपाउने जिकिर गर्दै एन्फामा २०८० जेठ २८ गते उजुरी दिएको थियो। एपीएफले त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कारबाही गर्नुपर्ने माग राखेको थियो।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले त्यसको केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो। तर, अवैधानिक अनुशासन समितिले थ्रीस्टार र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेर मात्रै छाडेको थियो।
अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्रीस्टार र एपीएफ दुवैले अपिल गरेका थिए। त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले गत असार ५ गते अवैधानिक खेलाडी खेलाएबापत थ्रीस्टार उक्त खेलमा ३–० को नतिजामा पराजित हुने निर्णय गरेको थियो।
योसँगै ३ अंक गुमाएपछि थ्रीस्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो। एपीएफले भने ‘ए’ डिभिजन क्लबको हौसियत पुन: प्राप्त गरेको थियो। तर, दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएको एपीएफको उजुरीको आधारमा कारबाही गर्नु अन्याय पूर्ण व्यवहार रहेको थ्रीस्टारको जिकिर थियो।
यस आदेशसँगै एन्फालाई कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने अवस्था सिर्जना भएको छ।






-1773994957656.jpg&w=3840&q=75)
-1773912955664.png&w=3840&q=75)




