लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

काठमाडौं। उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष तथा लागुऔषध कारोबारी दावा लामाको उम्मेदवारी तत्कालका लागि स्थगन गर्न आदेश दिएको छ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। दिपक खतिवडाले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका तर्फबाट आवश्यक कागजात र प्रमाण पेश नभएसम्मका लागि उम्मेद्वारी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको जनाएको छ।
-1774006331300.jpeg)
अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ भने सो अवधिसम्म उम्मेदवारी यथास्थितिमा राख्न आदेश दिएको हो। साथै, विषयको थप छलफलका लागि तोकिएको मितिमा दुवै पक्षलाई उपस्थित हुन पनि भनिएको छ।
उक्त मुद्दा पूर्वमा भएको फैसलासँग सम्बन्धित रहेको र सोही सन्दर्भमा उम्मेदवारी वैधानिकतामाथि प्रश्न उठेपछि अदालतले अन्तरिम आदेश जारी गरेको जनाएको छ।






-1773994957656.jpg&w=3840&q=75)
-1773912955664.png&w=3840&q=75)




