चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा
बिहिबार, ०५ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगमा श्रम स्वीकृति र कार्यसहमतिबिनै पर्यटक भिसामा नेपाल ल्याएर विदेशी खेलाडी खेलाडी भन्दै ती क्लब अध्यागमन विभागको छानबिनमा तानिएका हुन् ।
विभागका अनुसार चर्च बोइज र मच्छिन्द्रसहित, संकटा, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, जावलाखेल युथ र श्री भगवती क्लब टोखालाई छानबिनमा तानिएको हो। यी क्लबमा भित्रिएका विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको र कार्यसहमति नगरेको भेटिएपछि छानबिन थालिएको विभागले जनाएको छ।










-1773889321491.webp&w=3840&q=75)

